१३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंक, आज बोलकबोल गरिने

१ महिना अगाडि

काठमाडौं : नेपाल राष्ट्र बैंकले १३ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने जनाएको छ । बैंकले ९१ दिन र १८२ दिनका लागि उक्त रकम बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। 

मंगलबार फागुन २२ गते जारी हुने यस ट्रेजरी बिलका लागि बोलकबोल भने आज सोमबार दिउँसो ३ बजे हुने भएको छ । केन्द्रीय बैंकले ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

 यो ट्रेजरी २०८१ जेठ २२ गते परिपक्व हुनेछ । साथै, १८२ दिनको लागि ७ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ भदौ १८  गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

 सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । 

१ महिना अगाडि

प्रतिक्रिया