आठ अर्बको विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट बिक्री गर्दै केन्द्रीय बैंक

शनिबार, २६ फागुन २०८०, ०९ : १८

काठमाडौँ ।  आठ वर्षे अवधिको लागि नेपाल राष्ट्र बैंकले ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । 

नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । कूल रु आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली । यही फागुन २९ गते अपराह्न बोलकबोल हुने छ । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । 

ऋणपत्र घटीमा रु ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न सकिनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।

शनिबार, २६ फागुन २०८०, ०९ : १८

प्रतिक्रिया