ह्वाट्सएपमा मिल्ने छैन प्रोफाइल फोटोको स्क्रिनसट लिन

१ महिना अगाडि

काठमाडौं - ह्वाट्सएपले आफ्नो प्लाटफर्ममा सेक्योरिटी तथा प्राइभेसीसँग सम्बन्धित फिचर जोडिरहेको छ । यद्यपि धेरै मानिसहरुलाई चाहिँ आफ्नो प्रोफाइल तस्वीरको गोपनीयतालाई लिएर चिन्ता कायमै रहन्छ । आम प्रयोगकर्ताको चिन्ता चाहिँ कतै कसैले उनीहरुको तस्वीरको स्क्रिनसट लिइरहेको त छैन भन्ने हो ।

यो फिचरसँगै अब तपाईंको ह्वाट्सएपमा रहेको प्रोफाइल तस्वीरको स्क्रिनसट लिन कसैले सक्नेछैन । यो फिचर डिफल्ट रुपमा रहनेछ र त्यसलाई डिसेबल गर्न सकिने छैन । यदि अरु कसैले तपाईंको ह्वाट्सएपको डिपीको स्क्रिनसट लिँदा त्यसमा एउटा कालो स्क्रिनसट मात्रै सेभ हुनेछ । अहिलेसम्म ह्वाट्सएपममा तपाईंको प्रोफाइल फोटोको स्क्रिनसट जो कसैले पनि लिन सक्दथ्यो । तर कम्पनीले यसरी जोकसैको प्रोफाइल तस्वीरको स्क्रिनसट लिन बन्देज लगाउने विषयमा लामो समयदेखि काम गर्दै आइरहेको थियो । अब ह्वाट्सएपले यो फिचर लागू गर्न सुरु गरेको छ ।यसअघि प्रयोगकर्तालाई ह्वाट्सएपमा प्रोफाइल पिक्चर सेभ गर्ने विकल्प थियो । वास्तवमा यो गोपनीयताको हनन थियो । सोही कारण ह्वाट्सएपले यसलाई छिटै हटायो । तर प्रयोगकर्ताले स्क्रिनसट लिएर अरु कसैको प्रोफाइल पिक्चर सेभ गर्न सक्दथे । तर अब नयाँ फिचरसँगै स्क्रिनसटबाट पनि प्रोफाइल तस्वीर सेभ गर्न सकिने छैन । यसले ह्वाट्सएप प्रयोगकर्ताको प्राइभेसीलाई झनै मजबुत बनाउने अपेक्षा कम्पनीको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया