काठमाडौँ । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति गत आर्थिक वर्षमा २४.५ प्रतिशतले बढ्दा खुद आन्तरिक सम्पत्ति ८.६ प्रतिशत ले मात्र बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
तथ्यांक अनुसार २०७९ असार मसान्तमा ११ खर्ब ४९ अर्ब ६४ करोड रुपैयाँ रहेको विदेशी सम्पत्ति २४.५ प्रतिशतले वृद्धि बढेर २०८० असार मसान्तमा १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। २०७८ असार मसान्तमा वित्तीय क्षेत्रको सम्पत्ति १३ खर्ब ७० अर्ब ५२ करोड र २०७७ असार मसान्तमा १३ खर्ब २६ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।
यता, वित्तीय क्षेत्रको आन्तरिक सम्पत्ति २०७९ असार मसान्तमा ६३ खर्ब ५ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा ८.६ प्रतिशतले बढेर २०८० असार मसान्तमा ६८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ पुगेको छ। २०७८ असार मसान्तमा ५४ खर्ब ५३ अर्ब र २०७७ असार मसान्तमा ४३ खर्ब २९ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
यता, वित्तीय क्षेत्रको तरल दायित्व २०७९ असार मसान्तमा ४८ खर्ब १८ अर्ब ४ करोड रुपैयाँ रहेकोमा ११.६ प्रतिशतले वृद्धि भएर २०८० असार मसान्तमा ५३ खर्ब ७८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया