नेपाल फाईनान्सको संस्थापक शेयर बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

मंगलबार, ०६ चैत्र २०८०, ०८ : ०७

काठमाडौं। नेपाल फाईनान्स लिमिटेडले संस्थापक शेयरधनी निरज श्रेष्ठको नाममा रहेको एक लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

आवेदन कम्पनीको शेयर रजिष्ट्रार, प्रभु क्यापिटल वा कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा दिनुपर्नेछ । यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने कम्पनीले जनाएको छ । 

शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित प्रतिकित्ता मूल्यसमेत तोकि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले बताएको छ ।

 

मंगलबार, ०६ चैत्र २०८०, ०८ : ०७

प्रतिक्रिया