वित्तीय संस्थाले राष्ट्र बैंकमा राखे १ दिनमै १ अर्ब निक्षेप

मंगलबार, ०६ चैत्र २०८०, ०८ : १८

काठमाडौँ  । १ दिनमै बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा १ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेका छन्।

बैंक तथा वित्तीय संस्थाले चैत ४ गते आइतबार मात्रै ९१ अर्ब ७० करोड रुपैयाँ निक्षेप राखेका हुन्। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेका छन्।

फागुन १ गतेबाट केन्द्रीय बैंकले स्थायी निक्षेप सङ्कलन सुविधा कार्यान्वयनमा ल्याएको थियो। उक्त सुविधा ल्याएपछि हालसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा ६ खर्ब ५८ अर्ब निक्षेप राखिसकेका छन्।  बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमै उक्त निक्षेप जम्मा गरेका हुन् । स्थायी निक्षेप सङ्कलन सुविधा अन्तर्गत बैंकहरुले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन् । 

मंगलबार, ०६ चैत्र २०८०, ०८ : १८

प्रतिक्रिया