मुद्दति निक्षेपमा करिब २ अर्ब रुपैयाँ लगानी गर्दै केन्द्रीय बैंक

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा ५ प्रतिशत कम हुनुपर्ने

बुधबार, ०७ चैत्र २०८०, ०८ : ३२

काठमाडौं - नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ लगानी गर्ने भएको छ । 

आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको केन्द्रीय बैंकले जानकारी दिएको छ। केन्द्रीय बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । 

उक्त रकममध्ये वाणिज्य बैंकमा १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ, विकास बैंकमा २८ करोड ६६ लाख रुपैयाँ र फाइनान्समा ९ करोड ५५ लाख रुपैयाँ निक्षेप राख्ने राष्ट्र बैंकले जनाएको छ। मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चैत ८ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ। यसैगरी, न्यूनतम पुँजी कोष कायम गरेको, रियल इस्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने केन्द्रीय बैंकले तोकेको छ ।

बुधबार, ०७ चैत्र २०८०, ०८ : ३२

प्रतिक्रिया