जुनसुकै कालखण्डका भ्रष्टाचार छानबिन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

१ महिना अगाडि

काठमाडौँ। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कुनै  भ्रष्टाचार काण्डको छानबिन गर्ने जनाएको छ। सरकारले न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै कालखण्डका भ्रष्टाचारबारे पनि छानबिन गर्ने बताएका छन् । 

भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने र भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गर्ने कुरा साझा कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारले सार्वजनिक पदमा रहेका सबै भ्रष्ट सबै निकम्माको रूपमा व्याप्त भावनालाई बदल्ने र बेइमानी गर्नेले कानुनी रूपमा सजाएँ पाउने बताए । प्रधानमन्त्री प्रचण्डले जनताको निराशा चिर्दै, भरोसा जगाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । 

१ महिना अगाडि

प्रतिक्रिया