आन्तरिक हवाई टिकट काट्न आईएमई प्रयोग गर्नेको संख्यामा वृद्धि

१ महिना अगाडि

काठमाडौँ - आईएमई पेले  सञ्चालनमा ल्याएको रिफन्डेबल फिचर मार्फत आन्तरिक  हवाई टिकट  काट्नेको कुल संख्या वृद्धि भएको छ ।

 सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेल मार्फत पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पेले उपलब्ध गराएको  यो सेवामा ग्राहकको संख्या बढेको जनाइएको छ ।आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा  टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले  सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए ।आइएमई पे एपमार्फत प्रयोगकर्ताहरूले  आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट  काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट(रिफन्डेबल फिचर पनि पाउन सक्ने कम्पनीको भनाइ छ ।

१ महिना अगाडि

प्रतिक्रिया