कृष्णबहादुर महरालाई अनुसन्धान गर्न दिइएको म्याद आज सकिँदै

महरामाथि आजपनि बयान लिने

विहीबार, ०८ चैत्र २०८०, १० : ०६

काठमाडौँ । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ। चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथि बुधवारदेखि बयान लिन सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । 

 महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ।

निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको  म्याद आज समाप्त हुने भएकाले  बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीको भनाई छ । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ । 

विहीबार, ०८ चैत्र २०८०, १० : ०६

प्रतिक्रिया