एक पल्ट चार्ज गर्दा ३ दिनसम्म चल्ने अनर स्मार्टफोन नेपाल आउँदै

१ महिना अगाडि

काठमाडौं- चिनियाँ प्रविधि कम्पनी अनरको नयाँ स्मार्टफोन अनर एक्स सेभेन बी नेपाली बजारमा आउने भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले नयाँ बजेट स्मार्टफोन आगामी साता बजारमा आउने जानकारी दिएको हो । 

यसमा ६,००० एमएएच क्षमताको ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा र २५६ जीबी स्टोरेज रहेको छ । सार्वजनिक हुने दिन यकिन नभइसकेको भए पनि आकर्षक अफर तथा उपहारको साथमा आउने अपेक्षा गरिएको छ ।

ब्याट्री 

६,००० एमएएच क्षमताको अल्ट्रा–लार्ज ब्याट्री भएको अनर एक्स सेभेन बीले डीएक्सओमार्कबाट गोल्ड लेबल पाएको छ । जसले गर्दा एक पटकको फुल चार्जमा यो फोन तीन दिनसम्म चलाउन सकिने कम्पनीको दाबी रहेको छ । यो आजसम्म बजारमा आएका सबै अनर एक्स सिरिजका स्मार्टफोनरू मध्येकै धेरै समय टिक्ने ब्याट्री हो । एक पटकको चार्जमा अनर एक्स सेभेन बीले भिडिओ स्ट्रिमिङ, २४ घण्टा सोसल मिडिया ब्राउजिङ, ६९ घण्टा म्युजिक स्ट्रिमिङ दिन सक्ने बताइएको छ ।

क्यामेरा 

१र१.६७ इन्च सेन्सर रहेको यो फोनमा १०८ एमपी मुख्य क्यामेरा राखिएको छ । जसले कम प्रकाशको अवस्थामा पनि क्यामेराबाट उज्याला र जीवन्त भिडिओ तथा फोटो खिच्न सक्ने बताइएको छ । यसमा अगाडि भागमा आठ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । 

पर्फर्मेन्स र अडिओ 

९१.३ प्रतिशत स्क्रिन–टु–बडी अनुपात रहेको यो फोनमा ६.८ इन्चको अनर फुल भ्यु डिस्प्ले रहेको छ । जसले फुल एचडी प्लस रेजोलुसन र एक करोड ६७ लाख रङहरूलाई सपोर्ट गर्ने बताइएको छ । यसमा रहेको स्कार्डियन नाइट डिस्प्ले र डाइनामिक डिमिङ जस्ता फिचरले आँखालाई आराम दिने र हानी नगर्ने दाबी कम्पनीले गरेको छ ।

अनर एक्स सेभेन बीको अर्को आकर्षक पक्ष भनेको यसमा रहेको अडिओ हो । डुअल स्पिकर सपोर्ट रहेको यो फोनको भोलुम २०० सम्म जानसक्छ । जसले गर्दा फोन चर्को आवाजमा समेत प्रयोग गर्न सकिने बताइएको छ । 

स्टोरेज तथा पावर

अनर एक्स सेभेन बीमा २५६ जीबी स्टोरेज र अनर र्‍याम टर्बो ९८ जीबीं ८ जीबी० रहेको छ । अनरको आफ्नै प्रविधिले फ्ल्याश मेमोरीको एक भागलाई र्‍यामको रूपमा प्रयोग गर्न सक्छ । यसको मतलब आठ जीबी र्‍यामलाई उक्त प्रविधिको सहयोगमा १८ जीबीसम्म बढाउन मिल्छ । क्वालकम स्नापड्रागन ६८० चिपसेट समावेश यो फोन एन्ड्रोइड १३ तथा म्याजिक ओएस ७।२ मा आधारित रहेको छ । 

मूल्य र उपलब्धता

आकर्षक डिजाइन भएको अनर एक्स सेभेन बी फ्लोइङ सिल्भर, इमराल्ड ग्रिन र मिडनाइट ब्ल्याक तीन रङ्गमा उपलब्ध छ । मार्चको अन्तिम साता सार्वजनिक हुने अपेक्षा गरिएको यो मोबाइलको मूल्य भने बाहिरिसकेको छैन । सार्वजनिक भए पश्चात् यो फोन अफलाइन र अनलाइन दुवै माध्यमबाट उपलब्ध हुने बताइएको छ । 

१ महिना अगाडि

प्रतिक्रिया