सरकारले गर्‍यो गौतम श्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त घोषणा

बुधबार, १४ चैत्र २०८०, १० : ०३

काठमाडौं- गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। चैत १३ गते मंगलबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो।

सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने तपसिलमा उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको भन्दै सहकारी विभागको सिफारिसमा मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको सूचनामा उल्लेख छ ।

sahakari

बुधबार, १४ चैत्र २०८०, १० : ०३

प्रतिक्रिया