इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर

४ हप्ता अगाडि

राकुटेन भाइबर, प्राइभेट र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणीले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। 

“कन्भर्सेसन इज द न्यू इन्टरफेस” भन्ने मूल मन्त्र अँगाल्दै सुरु भएको यस सहकार्यको परिणामस्वरूप राकुटेन भाइबरले विश्वभरका आफ्ना लाखौं प्रयोगकर्ताहरूका लागि अत्याधुनिक कन्भर्सेसनल एआई ल्याउनेछ। भाइबर प्रयोगकर्ताहरूले अडवान्स्ड कन्भर्सेसनल क्षमताहरू मार्फत् मेसेजिंग एक्सपीरियंस वृद्धि गर्दै पीआईमा एक्सेस प्राप्त गर्ने छन्।पर्सनल इन्टेलिजेन्स अर्थात् पीआई नाम अनुसार नै प्रयोगकर्ताहरू सँगको कुराकानीमा एक्सेप्सनल इम्प्याथी र सपोर्टिभ पर्सनालिटीको प्रवेश गराउँछ। इन्फ्लेक्शनद्वारा संचालित यो इन हाउस-बिल्ट  इन्फ्लेक्शन-२.५ लार्ज ल्याङ्ग्वेज मोडेल, कि इन्डस्ट्री बेन्चमार्कहरूका आधारमा विश्वकै बेस्ट फाउन्डेसन मोडेलहरू बराबर हुनेछ। पीआईले प्रयोगकर्ताहरूका जिज्ञासाहरू समाधान गर्नको लागि स्मार्ट आईक्यूसँग वर्ल्ड-बिटीङ ईक्यूको समेत संयोजन गर्दछ।

यस मार्फत् भाइबर प्रयोगकर्ताहरूले सल्लाह माग्न, अप-टु-डेट जानकारी लिन वा केवल च्याट गर्न पनि सक्छन्। पीआईले उनीहरूलाई आफ्ना विचारहरू अर्गनाईज  गर्न, स्पष्ट योजनाहरू बनाउन, जागिर र करिअर सम्बन्धि कुरा गर्न तथा स्वस्थ बन्न सघाउने, नयाँ सीप सिकाउने,लेटेस्ट  समाचारहरू जान्न वा केवल च्याट गर्ने मुड भए त्यो पनि गरेर मद्दत गर्नेछ। अब पीआई चौबीसै घण्टा भाइबर प्रयोगकर्ताहरूका लागि एउटा नजिकको साथीको रूपमा उपलब्ध हुनेछ। नयाँ पर्सनल एआई सँगसँगै यस प्लेटफर्ममा सबै प्रयोगकर्ताहरूलाई अर्को तीन महिनाका लागि साथीहरूसँग कन्भर्सेसन् गर्दा र पीआईसँगका च्याटहरूमा प्रयोग गर्नका लागि पीआई- इन्सपायर्ड स्टिकरहरू पनि उपलब्ध छन्। प्रयोगकर्ताहरूले “आई क्यान हेल्प यु”, “लेट्स टक”, “हाई फ्रेन्ड” र “लभ यू” जस्ता एक्सप्रेसिभ, सहयोगी र फ्रेन्डली लाइन भएका स्टिकरहरू मार्फत् च्याटमा सकारात्मक मेसेजहरू पनि देखाउन सक्छन्। राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरूलाई अर्डरिङ सेवामार्फत् इन्स्ट्यान्ट इन-एप पेमेन्टहरू र मनोरञ्जनात्मक च्यानल, स्टिकर, जीफ र च्याटबटहरूको बृहत् सङ्ग्रहद्वारा उत्कृष्ट कन्भर्सेसन् र बिजनेस लाई समेत सशक्त बनाउने कार्य गर्दै आएको छ।

यी बहुमुखी सेवा र कार्यहरू मार्फत् भाइबरले आफूलाई लीग अफ सुपर एप्समा सामेल गराएको छ। आफ्नो प्लेटफर्ममा एआई क्षमताहरूको विस्तारकै कारण विगत केही वर्षहरूमा भाइबरको विकास र वृद्धि सम्भव भएको छ। माइक्रोसफ्ट, एनभिडिया, बिल गेट्स र एरिक श्मिट लगायतका प्रमुख इन्वेस्टरहरूको १.५ बिलियन डलरको लगानी भएको इन्फ्लेक्शनको साथ अब भाइबरले त्यो भविष्यको कल्पना गर्ने साहस गर्छ जहाँ प्रयोगकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्सको शक्तिलाई आफ्नो औंलाको टुप्पोमा राखेर निर्बाध र प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन्।“राकुटेन भाइबर विश्वभरका स्मार्टफोन प्रयोगकर्ताहरूका लागि शक्तिशाली र सजिलै प्रयोग गर्न सकिने कम्यूनिकेशन केपेबिलिटीजमा समान पहुँच प्रदान गर्न प्रतिबद्ध छ। हाम्रो प्लेटफर्ममा पीआईलाई जोड्दै हामी आफ्ना लाखौं प्रयोगकर्ताहरूको जीवनमै पहिलो पटक शक्तिशाली र हाइली कन्भर्सेसनल एआई असिस्टेन्टहरू ल्याएर अर्को महत्त्वपूर्ण कदम चाल्दैछौं।”, राकुटेन भाइबरका ग्लोबल मार्केटिङ र ग्रोथका वाइस प्रेसिडेन्ट अटानस रेकोभले टिप्पणी गरे।


 

४ हप्ता अगाडि

प्रतिक्रिया