आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शतप्रतिशत क्यास ब्याक

१ महिना अगाडि

काठमाडौँ - नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी "जेट सेट रिवार्ड" नामक अफर ल्याएको छ ।


 यो  अफर अन्तर्गत आइएमई पे एप मार्फत  अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १००५ क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि  जित्ने मौका पाउनेछन् । यही चैत ६  देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना  भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यसमा  पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको  १००५ क्यास ब्याक पाउनेछन् ।  दोस्रो  विजेताले द लेकसाइड रिट्रिट-पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् । यसको साथै  आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले  हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।
 

१ महिना अगाडि

प्रतिक्रिया