ताजा समाचार

तरलता चुलिएपछि राष्ट्र बैंकमा बैंकहरुले राखे १ दिनमै ६५ अर्ब निक्षेप

सोमबार, १९ चैत्र २०८०, ०८ : १६

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा विगत लामो समयदेखि अधिक तरलताको अवस्था यथावत नै छ। 

यसैबीच बैंक तथा वित्तीय संस्थाले १ दिनमै नेपाल राष्ट्र बैंकमा ६५ अर्बभन्दा बढी रुपैयाँ निक्षेप राखेका छन् । बैंक तथा वित्तीय संस्थाले आइतबार मात्रै ६५ अर्ब ७० करोड रुपैयाँ निक्षेप राखेका हुन्। 

बैंकिङ प्रणालीमा अधिक तरलता देखिनथालेसँगै बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेका हुन्। गत फागुन १ गतेबाट केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको थियो।

 उक्त सुविधा ल्याएपछि हालसम्म बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा ८ खर्ब २५ अर्ब १० करोड निक्षेप राखिसकेका छन्। बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमै उक्त निक्षेप जम्मा गरेका हुन्।  स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले लगानी गरेर आफूसँग बाँकी रहेको सबै रकम राष्ट्र बैंकमा राख्न सक्छन् । 

banking saving

सोमबार, १९ चैत्र २०८०, ०८ : १६

प्रतिक्रिया