हिमालयन बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा,प्राथमिकता शेयर धनीलाई

मंगलबार, २० चैत्र २०८०, ०८ : १३

काठमाडौँ- हिमालयन बैंक लिमिटेडले ८ जना संस्थापक शेयर धनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। 

 सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयर धनीहरूले काठमाडौँ कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानुन तथा सेयर विभागमा आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ । 

संस्थापक शेयर धनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। संस्थापक शेयरहरूको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।  

तोकिएको समयभित्र संस्थापक सेयर धनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले एक सूचना मार्फत जनाएको छ ।

मंगलबार, २० चैत्र २०८०, ०८ : १३

प्रतिक्रिया