जापानी सम्राट र साम्राज्ञी अब इन्स्टाग्राममा

१ महिना अगाडि

सन् १९२६ मा जापानका सम्राट हिरोहितो राजगद्दी आरोहण गर्दा दशौँ लाख जापानी जनताले उनलाई जीवित देवताको रूपमा सम्मान प्रकट गरेका थिए।

झन्डै १०० वर्षपछि संसारकै सबैभन्दा पुरानो वंशपरम्परामा आधारित राजसंस्था अर्थात् जापानको राजपरिवार निकै भिन्न स्वरूपमा देखा परेको छ।

अहिले हिरोहितोका नाति नारुहितो जापानका सम्राट छन्। पाँच वर्षअघि राजगद्दीमा बस्दा उनले राजपरिवारलाई आधुनिक युगमा ल्याउने वाचा गरेका थिए।
 जापानी राजपरिवारले २१औँ शताब्दीमा एउटा ठोस कदम चालेको छ । सोमवारदेखि जापानको राजपरिवार इन्स्टाग्राममा आएको छ।

ब्रिटिश राजपरिवार झन्डै १५ वर्षअघि सामाजिक सञ्जालमा आएको थियो।

सोशल मिडिया विश्लेषक एन्ड्रू ह्यूज भन्छन्, ूडिजिटल युगमा संलग्न नहुने महत्त्वपूर्ण राजपरिवारका सदस्यमध्ये सम्भवतः जापानी राजपरिवारका सदस्य अन्तिम थिए।ू

तर त्यो अवश्यम्भावी थियो। नयाँ पुस्तासँग अन्तरक्रिया गर्ने र आफ्नो सान्दर्भिकता कायम राख्ने जापानी राजपरिवारले इच्छा थियो। नयाँ पुस्ताका मानिसले फोनबाट मात्र सूचना पाउने प्रवृत्ति बढेपछि अनलाइन माध्यममा उसको उपस्थिति हुनु नै पर्ने भयो।


फ्रान्सिस माओ
बीबीसी न्यूज
 

१ महिना अगाडि

प्रतिक्रिया