भरसक संसदबाट नत्र अध्यादेशबाटै भएनी कानुन संशोधन हुन्छ अर्थमन्त्री पुन

३ हप्ता अगाडि

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि एन संशोधन गर्ने बताएका छन्।  कान्तिपुर मिडिया ग्रुपले शनिवार वीरगन्जमा आयोजना गरेको वीरगन्जको वैभव अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नै प्रश्न शीर्षकको कार्यक्रममा मन्त्री पुनले यस्तो बताएका हुन्।

सकभर संसदबाटै र समय अभावले नभ्याइने अवस्था आएको अवस्थामा अध्यादेशबाटै लगानी सङ्कुचन गर्ने ठानिएका दर्जन कानुन अध्यादेशमार्फत संशोधन गरिने मन्त्री पुनको भनाइ छ। त्यसका लागि राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति कायम गरिने पुनले बताए । भरसक संसदबाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानुन संशोधन गर्छौँ ।

लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउॅछौं, मन्त्री पुनले भने । तेस्रो लगानी सम्मेलन आगामी १६ र १७ चैतमा हुंदैछ । आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री पुनको भनाइ थियो । निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उल्लेख गरे । 

विदेशी मुद्राको सञ्चिति बढेको, महँगी घटेको, विप्रेषण आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको बताए । आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै बजार चलायमान हुने विश्वास व्यक्त गरे । 

३ हप्ता अगाडि

प्रतिक्रिया