विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा काठमाडौँ

१ महिना अगाडि

काठमाडौँ - काठमाडौँ विश्वकै प्रदुषित सहरको दोस्रो सूचीमा परेको छ । 

आइतबार साँझ ५ बजेको रेकर्डअनुसार नेपाल थाइल्याण्डको चियाङ माइपछिको सूचीमा परेको हो ।  नेपाल प्रदुषण स्तर १८३ एक्युआई यूएस रहेको छ । तेस्रो स्थानमा कोलकाता, चौथो स्थानमा बंगलादेशको ढाका, पाँचौँ स्थानमा भियतनामको हानोइ रहेको छ । केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ । यसको खास कारण छिमेकी मुलुक भारतको उत्तरप्रदेशका विभिन्न स्थानका जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले नेपालकै पहाडी जिल्लाहरुमा वन डढेलो लागिरहेको अवस्था छ ।  उनले उत्तर प्रदेशतिरको हावा नेपाली आकाशसम्मै आइपुगेको बताउँदै आकाशबाट पानी नपरिकन यो तुवाँलो नहट्ने उनले बताए ।

१ महिना अगाडि

प्रतिक्रिया