प्रभु बैंकले बोलायो साधारण सभा, लाभांश वितरण नगर्ने घोषणा

मंगलबार, २७ चैत्र २०८०, ०८ : ०६

काठमाडौँ । प्रभु बैंक लिमिटेडले २०८१ वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा केन्द्रीय कार्यालय बबरमहल, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुने जनाएको छ।

बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब,नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ।

सभाले चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साधारण सभा प्रयोजनका लागि २०८१ वैशाख ४ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।

मंगलबार, २७ चैत्र २०८०, ०८ : ०६

प्रतिक्रिया