उपनिर्वाचनले लगानीसम्मेलन छायाँमा पार्ने जोखिम

१ हप्ता अगाडि

काठमाडाैं- तेस्रो लगानीसम्मेलनको तयारी तिब्रगतिमा अघि बढिरहँदा  वैशाख १५ इलाममा हुने उपनिर्वाचनकोको पनि रौनक  पनि  बढेको छ । सरकारी निकायहरु उपनिर्वाचनमा पनि बाडिनुपर्नेहुँदा लगानी सम्मेलनमा ओझेलमा पर्ने  हो कि भन्ने चिन्ता र चासो थपिएको छ । लगानीसम्मेलन  बैशाख १६ र १७ गते काठमाडौंमा हुँदै छ ।   १५ गते  चुनाव भएपनि १६ गते  र १७ गतेको चुनावी  परिणाम आउने छ । सबै राजनीतिक दलको ध्यान उपनिर्वाचनतर्फ देखिने  छ । बुधबार बेलुकासम्म ४ सय ६२ लगानीकर्ताले सहभागिता पक्का गरेका छन्। लगानी बोर्डले १ हजार ३ सय ५५ जनालाई निम्ता पठाएको थियो।

बुधबारसम्म तीन दर्जन देशका ४ सय ६२ जनाले आउने निश्चित गरेको बोर्डले जनाएको छ। जसमा भारत र चीनबाट मात्रै ५४ जनाभन्दा बढी लगानीकर्ता सहभागी हुने भएका छन्। अझै पनि लगानीकर्ता थपिने क्रम जारी रहेको बोर्डले जनाएको छ। नेपालका १ सय ६१ जना लगानीकर्ताले सहभागिता जनाउँदैछन्। चीनबाट ६४, भारतबाट ५७, जर्मनीबाट १२, बेलातयबाट ११, अमेरिकाबाट १० र बंगलादेशबाट १० लगानीकर्ता सम्मेलनमा सहभागि हुँदै छन्। यूएईबाट ८, जापानबाट ८, दक्षिण कोरियाबाट ७, पाकिस्तानबाट ६, अष्ट्रेलियाबाट ६, सिंगापुरबाट ४, मलेसियाबाट ४, रसियाबाट ३, फिनल्यान्डबाट ३, कोलम्बियाबाट ३ र क्यानडबाट पनि ३ जनाले अहिलेसम्म आउने पक्का गरेका छन्।

कतारबाट २, ईयूबाट २, बेल्जियमबाट २, बहराइनबाट २, अष्ट्रियाबाट २, भियतनामबाट १, भानुआटुबाट १, टर्कीबाट १, थाइल्यान्डबाट १, स्वीट्जरल्यान्डबाट १, श्रीलंकाबाट १, साउदी अरेबियाबाट १, रोमानियाबाट १, मोरोक्कोबाट १, मौरिससबाट १, मौरितानियाबाट १ र साइप्रसबाट १ जना लगानीकर्ताले अहिलेसम्म आउने निश्चित गरेका छन्। 


 

१ हप्ता अगाडि

प्रतिक्रिया