काठमाडौं महानगरका ३३ बिरामीले पाए निःशुल्क उपचार

१ हप्ता अगाडि

काठमाडौँ - काठमाडौं- २ जना वेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन्।

तीमध्ये १५ जनाको मिर्गौला डाइलासिस भइरहेको छ। उपचार सेवा लिँदालिँदै २ जना विरामीको मृत्यु भएको छ। १२ जना डिस्चार्ज भएका छन् भने १ जनालाई अर्को अस्पतालमा रिफर गरिएको छ। ३ जना अहिले पनि उपचाररत छन्। उनीहरुमध्ये ८ जनालाई फेमिली मेडिसिन सेवा दिइएको छ। ३ जनाले दम, क्षयरोग जस्ता छाती सम्बन्धी (पल्मोलोजी) २ जनाले सर्जरी (शल्यक्रिया), २ जनाले आकस्मिक सेवा, १ जनाले स्त्री तथा प्रसुति रोग सेवा, १ जनाले पेट सम्बन्धी र १ जनाले आँखाको उपचार सेवा लिएका  जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले जानकारी दिए।

सर्जरी गर्ने बिरामीमध्ये एकजनाको पित्तथैलीमा स्टोन भएको अपरेसन र १ जनाको हर्नियाको अपरेसन भएको हो। उपचारका लागि लागेको प्रतिव्यक्ति खर्च हेर्दा सबैभन्दा कम खर्च आँखाको उपचारका लागि २ हजार ५ सय रुपैयाँ भएको देखिन्छ। धेरै खर्च लागेको उपचार २ लाख ७४ हजार रुपैयाँ बराबरको छ। यो खर्च अस्पतालहरुले व्यहारेका छन् । विरामीहरुमध्ये ६ जनाले पिपल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट, ३ जनाले काठमाडौँ मोडेल अस्पतालबाट, २ जनाले काठमाडौँ मेडिकल कलेजबाट उपचार लिएका छन्।

यस्तै ब्लु क्रस अस्पताल, मेट्रो अस्पताल, कालीमाटी चेस्ट अस्पताल, मनमोहन टिचिङ् अस्पताल, नेपाल आँखा अस्पताल, स्तूपा सामुदायिक अस्पताल र छत्रपाटी सामुदायिक अस्पतालबाट १-१ जना विरामीले सेवा लिएका छन्। मिर्गौला डाइलासिस गर्ने विरामीहरुले नेशनल मिर्गौला केन्द्रमा उपचार गराइरहेका छन् । सेवा लिने विरामीहरुमध्ये ५ जना काठमाडौँ महानगरपालिकाका हुनुहुन्छ। घोराही उपमहानगरपालिका, दाङ्, रासकोट गाउँपालिकाका, कालीकोट, टोखा नगरपालिका, काठमाडौँ, ज्वालामुखी गाउँपालिका, धादिङ्, मन्थली नगरपालिका, रामेछाप, शैलुङ्ग गाउँपालिका, दोलखा, खजुरा गाउँपालिका, बाँके, पत्थरी शनिश्चरे गाउँपालिका, मोराङ्, सीतासाक्सी गाउँपालिका, झापा, भीमसेन गाउँपालिका, गोरखा, नरहरिनाथ गाउँपालिका, कालीकोट, आमचोक गाउँपालिका, भोजपुर, बाट १-१ जना छन्।

१ हप्ता अगाडि

प्रतिक्रिया