शंखमुलमा आगलागी

१ हप्ता अगाडि

काठमाडौं - काठमाडौँको शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ ।

आगलागीबाट मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीले बताएको छ   ।

१ हप्ता अगाडि

प्रतिक्रिया