राप्ती विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा कुलराज चौधरी

सोमबार, १६ कार्तिक २०८३, १५ : ०४

घोराही- दाङ घोराहीमा अवस्थित राप्ती विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं साधारणसभा तथा सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ । उक्त अधिवेशनले कुलराज चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

सो अधिवेशनले सर्वसम्मरुपमा चौधरीको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बेसरा पाण्डे, सचिवमा यज्ञबहादुर खत्री, कोषाध्यक्षमा तिलक पाण्डे चयन भएका छन् भने सदस्यहरुमा यामबहादुर रैदास, विष्णुबहादुर अधिकारी, कन्हैयालाल चौधरी, गेहेन्द्रराज अधिकारी र सुमित्रा योगी चयन भएका छन् । 

त्यसैगरी अधिवेशनले लेखा सुपरीवेक्षण समितिको संयोजकमा धनिराम न्यौपाने, ऋण उपसमिति संयोजकमा विष्णुबहादुर अधिकारी र शिक्षा संयोजकमा सूर्य बिसीलाई जिम्मेवारी प्रदान गरेको छ ।

तीन सय १६ जना शेयर सदस्य रहेको सहकारी संस्थाको कुल पूँजी दुई करोड ८४ लाख ९७ हजार नौ सय एक रुपैयाँ रहेको छ । उक्त अवसरमा उत्कृष्ट बचत सदस्य सम्मानतर्फ गुरुप्रसाद भट्टराई र उत्कृष्ट ऋण सदस्य सम्मानतर्फ कमला अधिकारीलाई सम्मान गरिएको थियो । धनिराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि दामोदर पाण्डेलगायतले बोल्नु भएको थियो । तिलक पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण कुलराज चौधरीले गरेका थिए ।

सोमबार, १६ कार्तिक २०८३, १५ : ०४

प्रतिक्रिया