काठमाडौं- विपक्षी राजनीतिक दलहरूले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेका छन्।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले समसामयिक राजनीतिक, कानुनी तथा प्रशासनिक विषयमा छलफल गर्न संसद् बैठक अविलम्ब बोलाउनुपर्ने निष्कर्ष निकालेको हो।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेका अनुसार सरकारका विवादास्पद कदम, प्रशासनिक तथा न्यायिक क्षेत्रमा देखिएको अन्योल र राष्ट्रिय सरोकारका विषयमा संसद्मा गहन छलफल आवश्यक रहेकाले अधिवेशन आह्वानको माग गर्ने सर्वसम्मत निर्णय गरिएको हो।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्त र प्रमुख सचेतक बासना थापाको सहभागिता थियो।
त्यस्तै, नेकपा एमालेका तर्फबाट संसदीय दलकी उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल सहभागी थिए।
बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की नेतृ खुश्बु ओलीलगायत शीर्ष नेताहरूको पनि उपस्थिति थियो।
प्रतिक्रिया