काठमाडौं– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मका १६ जना विजेता घोषणा गरेको छ।
विभागले सोमबार आयोजित कार्यक्रममा एक जना बम्पर उपहार विजेता र १५ जना अन्य विजेता सार्वजनिक गरेको हो।
विभागका अनुसार बम्पर उपहारअन्तर्गत १० लाख रुपैयाँ प्राप्त गर्ने विजेताका रूपमा कुपन नम्बर ०९८०४६५५८१७५ छनोट भएको छ।
त्यसैगरी, अन्य १५ जना विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्ने विभागले जनाएको छ।
प्रतिक्रिया