काठमाडौं– नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ पुगेको छ।
आइतबार छापावाल सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार सुनको मूल्य करिब ०।८५ प्रतिशतले बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला ३ हजार ६ सय ५० रुपैयाँ रहेको चाँदी सोमबार बढेर ३ हजार ७ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा करिब १।९२ प्रतिशतले बढेको हो।
प्रतिक्रिया