काठमाडौं– राष्ट्रियस्तरका विकास बैंकहरूको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
गत आर्थिक वर्ष २०८२र८३ को सोही अवधिमा यी बैंकहरूको कुल खुद नाफा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ रहेको थियो। यससँगै एक वर्षको अवधिमा विकास बैंकहरूको समग्र नाफा ११३।२३ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा लुम्बिनी विकास बैंकले कमाएको छ। बैंकले असोज मसान्तसम्म ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा रहेको बैंक यस वर्ष नाफामा फर्किएको हो। लुम्बिनीको घाटाबाट नाफामा फर्किएको अवस्थाले समग्र विकास बैंकहरूको नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ।
नाफाका आधारमा मुक्तिनाथ विकास बैंक दोस्रो स्थानमा रहेको छ। बैंकले पहिलो त्रैमासमा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष ४३।४४ प्रतिशतले बढेको हो।
तेस्रो स्थानमा रहेको गरिमा विकास बैंकले २४ करोड १ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ। तर, अघिल्लो वर्षको पहिलो त्रैमासमा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष ४।१७ प्रतिशतले घटेको छ।
कामना सेवा विकास बैंकले भने नाफा १६।९९ प्रतिशतले बढाएर २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ। गत वर्षको सोही अवधिमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रतिशतका आधारमा सबैभन्दा धेरै नाफा वृद्धि ज्योति विकास बैंकको भएको छ। बैंकको खुद नाफा १८४।५९ प्रतिशतले बढेर २० करोड १ लाख ६१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ७ करोड ३ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष उल्लेख्य सुधार गरेको हो।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा भने २।६६ प्रतिशतले घटेको छ। बैंकले असोज मसान्तसम्म १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा २० करोड ३० लाख ४१ हजार रुपैयाँ थियो।
त्यस्तै, महालक्ष्मी विकास बैंकको खुद नाफा २१।४९ प्रतिशतले बढेर ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ९ करोड ७५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो।
यता, सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा भने सबैभन्दा ठूलो गिरावट आएको छ। बैंकको खुद नाफा ६२।०७ प्रतिशतले घटेर ३ करोड ३४ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८ करोड ८२ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो।
यसरी आठ राष्ट्रियस्तरका विकास बैंकमध्ये पाँच बैंकको नाफा बढेको छ भने तीन बैंकको नाफा घटेको छ। लुम्बिनी विकास बैंक घाटाबाट नाफामा फर्किनु र ज्योति विकास बैंकको नाफा उच्च दरले बढ्नुले समग्र नाफामा उल्लेख्य सुधार देखिएको हो। यद्यपि, सांग्रिला विकास बैंकको नाफामा आएको ठूलो गिरावटले सबै बैंकको वित्तीय अवस्था समान रूपमा सुधार नभएको देखाउँछ।
प्रतिक्रिया