काठमाडौ- एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (Visa) सँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ ।
यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ । यो प्रविधि प्रयोग गरी ग्राहकहरूले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभरि १९७ शाखाहरू, १७६ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया