जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्दै मुक्तिनाथ विकास बैंक

सोमबार, ०९ कार्तिक २०८३, १४ : ३९

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्ने सम्झौता गरेको छ। प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार यस सहकार्यमार्फत बैंकले जर्सीमा लोगो राख्नेमात्र नभई नेपाली क्रिकेटको विकास, स्थानीय प्रतिभाको प्रोत्साहन र युवा सशक्तीकरणमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

यसैबीच, एनपीएलको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले आधिकारिक टी–२० मान्यता दिएको छ। यससँगै प्रतियोगितामा खेलाडीले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछन्।

एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सले आफ्नो सफलतामार्फत नेपाली क्रिकेटप्रेमीमाझ पहिचान बनाउनुका साथै मधेश प्रदेशको खेलकुद पहिचानलाई समेत उजागर गरेको छ।

सोमबार, ०९ कार्तिक २०८३, १४ : ३९

प्रतिक्रिया