काठमाडौं– साताको चौथो कारोबार दिन बिहीबार पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। अघिल्लो दिन पनि उच्च अंकले बढेको नेप्से परिसूचक आज ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको हो।
बिहीबार बजारमा कारोबार भएका कम्पनीमध्ये १८० वटाको सेयर मूल्य बढेको छ भने ९२ वटाको घटेको छ। त्यस्तै, ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले बढेर ४८८.०१ विन्दुमा पुगेको छ। बजारमा रहेका सबै १३ वटा उपसूचक बढेका छन्। परिसूचकमा वृद्धि भएसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ।
बिहीबार ३५० कम्पनीका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर ६९ हजार ६१९ पटक खरिदबिक्री भएका छन्। यसबाट कुल ८ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
प्रतिक्रिया