काठमाडौं- साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज ३३.२९ अंकले उकालो लाग्दै २६६४.०६ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतको वृद्धि हो ।
बजारमा परिसूचक बढे पनि अधिकांश कम्पनीको सेयर मूल्य भने घटेको छ । आज २४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३५ कम्पनीको मूल्य बढेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स पनि ६.३२ अंकले बढेर ४८१.७९ विन्दुमा पुगेको छ । कारोबारमा रहेका १३ उपसूचकमध्ये १२ वटामा वृद्धि भएको छ भने एउटा उपसूचक घटेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बुधबार नेप्सेमा ३४८ कम्पनीका एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर ६३ हजार ७४४ पटक खरिदबिक्री भएका छन् । यसबाट कुल सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ रुपैयाँको कारोबार भएको छ ।
आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
प्रतिक्रिया