काठमाडौं– साताको कारोबार हुने चौथो दिन बुधबार सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो दिन ११ अंकले बढेको बजार आज ६.३८ अंकले घटेको हो ।
बुधबार कारोबार बन्द हुँदा नेप्से परिसूचक २५७२.३४ विन्दुमा झरेको छ । आज १६७ कम्पनीको सेयर मूल्य घट्दा १०० कम्पनीको बढेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.६३ अंकले घटेर ४६१.२२ विन्दुमा पुगेको छ । कारोबार भएका १३ उपसूचकमध्ये १२ वटा घटेका छन् भने एउटा उपसूचक मात्रै बढेको छ ।
बजार परिसूचक घटे पनि कारोबार रकम साढे ३ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । आज ३५९ कम्पनीका १ करोड ३ लाख ६८८ कित्ता सेयर ३९ हजार ४६६ पटक खरिद–बिक्री भएका छन् ।
दिनभरको कारोबारमा कुल ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया