सेयर बजार

झिनो अंकले बढ्यो सेयर बजार, ४ अर्ब ८९ करोडको कारोबार

विहीबार, १५ असोज २०८३, १५ : २४

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२६ अंकले बढेर २ हजार ५९९.१५ बिन्दुमा कायम भएको छ।

आज ३५३ कम्पनीका १ करोड २० लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ। कारोबारमा १३९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज १३ उपसूचकमध्ये ८ वटामा गिरावट आएको छ भने ४ वटामा सामान्य सुधार देखिएको छ। एउटा उपसूचक स्थिर रहेको छ।

आज सबैभन्दा बढी सिद्धार्थ बैंकको ३० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, अपि पावरको २२ करोड र हाथवे इन्भेष्टमेन्टको २१ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.३५ प्रतिशत कमाएका छन्। इमर्जिङ नेपालका लगानीकर्ताले ७.७१ प्रतिशत र माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ७.५८ प्रतिशतले कमाएका छन्।

यस दिन सयपत्री हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.६६ प्रतिशत गुमाएका छन्।

विहीबार, १५ असोज २०८३, १५ : २४

प्रतिक्रिया