सेयर बजार

नेप्सेमा सामान्य सुधार, ४ अर्ब नजिक कारोबार

विहीबार, २२ असोज २०८३, १५ : १६

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन घटेको बजार आज २.३१ अंकले बढेर २ हजार ५७४.६५ विन्दुमा पुगेको हो।

कारोबार अवधिभर उतारचढाव देखिएको बजारमा १४० कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको घटेको छ। त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन सेन्सेटिभ इन्डेक्स पनि ०.८१ अंकले बढेर ४६२.०४ विन्दुमा पुगेको छ। कारोबारमा रहेका १३ उपसूचकमध्ये ८ वटा बढेका छन् भने ५ वटा घटेका छन्।

नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने करिब ४ अर्ब रुपैयाँ पुगेको छ। बिहीबार ३५४ कम्पनीका १ करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयर ४३ हजार ८१२ पटक खरिद–बिक्री हुँदा ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ रुपैयाँको कारोबार भएको छ।

आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ।

विहीबार, २२ असोज २०८३, १५ : १६

प्रतिक्रिया