काठमाडौं- नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ ।
नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा खरिद गर्न सक्ने यस प्याकेजमा ३३३ मिनेट अलनेट भ्वाइस कल र दैनिक ८ जीबी डेटा उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार उक्त प्याकेज २०८३ कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिनेछ । प्याकेजको समयावधि ३० दिनको हुनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गरेको प्याकेजको शुल्क मासिक भाडा शुल्कमै समावेश गरिने व्यवस्था गरिएको छ ।
यो प्याकेज लिन मोबाइलबाट 14159# डायल गर्न सकिनेछ । त्यसैगरी नेपाल टेलिकमको एपमार्फत पनि प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाल टेलिकम नेपाल प्रिमियर लिग सिजन–३ को आधिकारिक दूरसञ्चार साझेदारसमेत हो । नेपाली खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले विभिन्न गतिविधिमा सहभागिता जनाउँदै आएको छ ।
प्रतिक्रिया