युक्रेन युद्ध रोक्न राष्ट्रपति सी जिनपिङलाई आग्रह

१ हप्ता अगाडि

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ फ्रान्सको राजकीय भ्रमणमा रहेका छन् । फ्रान्स र युरोपेली सङ्घ (इयु) ले युक्रेनमा भईरहेको रुसी युद्ध रोक्न बेइजिङको प्रभाव प्रयोग गर्न चीनलाई दबाब दिएका छन् । राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली सङ्घ (इयु) आयोगका अध्यक्ष उसुला भान डेर लेनले पेरिसमा भएको शिखर सम्मेलनमा हिजो चिनियाँ राष्ट्रपति सी जिनपिङलाई युक्रेनमा जारी रुसी युद्ध रोक्न चीनको पहल अपरिहार्य रहेको बताएका हुन । 
उनीहरूले चिनियाँ नेतासँग निष्पक्ष विश्वव्यापी व्यापार नियमहरू स्वीकार गर्न पनि आग्रह गरेका छन् । सीको फ्रान्सको दुई दिने राजकीय भ्रमण सन् २०१९ यता पहिलो युरोप भ्रमण हो र भ्रमणका क्रममा उनले सर्बिया र हङ्गेरीमा पनि वार्ता गर्नेछन् । राष्ट्रपति सीले पनि युक्रेनमा शान्ति चाहेको बताएका छन् 
 

१ हप्ता अगाडि

प्रतिक्रिया