वीरेन्द्रनगरमा आत्मनिर्भर बनाउन मेसिनरी औजार वितरण

३ हप्ता अगाडि

काठमाडौँ - वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले ‘मेयरसँग महिला किसान’ कार्यक्रममा सञ्चालनमा ल्याएकी छन् । उक्त कार्यक्रमले महिलालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ ।

 सोही उद्देश्यअनुरूप नगरभित्रका महिला किसानहरूलाई मेसिनरी औजार वितरण गरिएको छ । विभिन्न ३९ जना महिलाहरूलाई ती औजारहरू वितरण गरिएको हो । मेयर मोहनमाया ढकालका अनुसार २८ जना महिलालाई मिनीटिलर र ११ जनालाई पावरटिलर वितरण गरिएको हो । कृषि नै आर्थिक विकासको महत्त्वपूर्ण आधार हो भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।  विशेषगरी यो कार्यक्रम महिला दिदी बहिनीहरूलाई नै लक्षित गरेर ल्याइएको ढकालले बताइन् ।

‘रोजगारी सिर्जना, उत्पादनमा वृद्धिसँगै आर्थिक वृद्धिदरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ उनले भनिन्, ‘वितरण गरिएका औजारहरू पाँच वर्षसम्म अन्त कतै दिन पाइने छैन । पटक–पटक अनुगमन हुने र उपलब्धिको समीक्षा समेत हुन्छ ।’ ढकालले यो परियोजना निकै महत्त्वाकाङ्क्षी योजना भएको बताइन् । महिलाहरूलाई उत्पादन र रोजगारमा जोडेर आत्मनिर्भर बनाइने उनले बताइन् । महिलामैत्री नगर बनाउनका लागि ‘छोरीको लागि गर्वको नगर, महिलामैत्री नगर’ भन्ने नारा नै राखेर महिला आयआर्जन सम्बन्धी विभिन्न कार्यक्रमहरू ल्याइएको छन् ।
 

३ हप्ता अगाडि

प्रतिक्रिया