बाँकेको वैजनाथ पालिकाकृषिमा आत्मनिर्भर पालिका बनाउने

शनिबार, १२ जेठ २०८१, १८ : १२

काठमाडौँ - बाँकेको वैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले  किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको बनेको सम्बद्ध किसानहरूले बताएका छन् ।

किसानलाई आवश्यक बीउबिजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको र खेतीयोग्य जमिन वर्गीकरण गरी अनुदानसँगै सिँचाइ व्यवस्थापनको दीर्घकालीन योजना बनाएर लागेको पालिका अध्यक्षले बताए । वैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषिमा आबद्ध छन् । स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले पर्याप्त बजेट विनियोजन गरेको छ ।   

शनिबार, १२ जेठ २०८१, १८ : १२

प्रतिक्रिया