पपुआ न्यू गिनीमा गएको पहिरोमा ६७० जना पुरिएको आशंका

३ हप्ता अगाडि

काठमाडौँ - पपुआ न्यू गिनीमा गएको पहिरोमा कम्तिमा ६७० जना मानिस पुरिएको हुन सक्ने आशंका गरिएको छ । शुक्रबार त्यहाँको दूर्गम एन्गा प्रान्तमा पहिरो गएको थियो । 

सो पहिरोको क्षति शुरुमा सोचिएको भन्दा निकै ठूलो रहेको बताइएको छ । पहिरोमा परेर १५० भन्दा धेरै घरहरू पुरिएको अक्टोपार्कको भनाइ छ । माटो खस्ने क्रम जारी रहेकोले उद्धारकर्मी समेत जोखिममा रहेको बताइएको छ । पहिरो प्रभावित क्षेत्रमा करीब ४ हजार मानिसहरू बस्थे ।

छिमेकी देशमा जातीय हिंसाबाट भागिरहेका मानिसहरूको आवागमनको कारण प्रभावितको संख्या अझै धेरै हुन सक्ने उद्धार प्रयासमा सघाइरहेको केयर अष्ट्रेलियाले बताएको छ। स्थानीय समयअनुसार शुक्रबार राति ३ बजे पहिरो गएको थियो । पहिरोमा परेर मर्नेको संख्या अझै थाहा नभएको र यकिन तथ्यांक आउन अझै समय लाग्ने अष्ट्रेलियाका प्रवक्ताले बताएका छन् ।

 

३ हप्ता अगाडि

प्रतिक्रिया