साइलेन्ट मोडको फोन हराउँदा  के गर्ने ?

विहीबार, ३१ जेठ २०८१, १६ : ३५

काठमाडौँ - कहिलेकाहिँ फोन कतै राखेर बिर्सिने समस्या धेरैलाई हुन्छ, धुइँपत्तालले खोज्दा पनि भेटिन्न । अरूको फोन मागेर कल गर्‍यो घण्टी बज्दैन । अनि बल्ल झल्याँस्स भइन्छ कि फोन त साइलेन्ट मोडमा पो थियो । 

यस्तोमा अब फोन कसरी खोज्ने रु कहाँ खोज्ने रु के गर्ने रु यस्तो स्थितिमा हामी सबै जना कुनै न कुनै बेला परेका छौँरपरिरहेका हुन्छौँ । साइलेन्ट मोडमा भएको फोन खोज्नु जत्तिको झिँजो लाग्दो काम के नै होला र रु फोन घरमा कतै पर्‍यो कि अफिसमा छोडियो, न कसैले चोरी पो सक्यो कि रु यस्तै खालको भावनाहरू मनमा आउँछन् । साइलेन्ट मोडमा भएको फोनलाई अथक प्रयास नगरी पनि खोज्न सकिन्छ ।

एन्ड्रोइड प्रयोगकर्ताका लागिः

तपाईको फोन एन्ड्रोइड हो भने साइलेन्ड मोडमा फोन कहाँ छ भनेर पत्ता लगाउन गुगल डिभाइस म्यानेजरको प्रयोग गर्न सकिन्छ । यसका लागि यी काम गर्नुस्ः

–डेस्कटप कम्प्युटर, ल्यापटप वा ट्याबलेट प्रयोग गरेर आफ्नो गुगल एकाउन्टमा जानुस् ।

–एन्ड्रोइडडटकमरडिभाइस म्यानेजरमा जानुहोस् अनि जिमेल एकाउन्टमा लग इन गर्नुस् ।

– ‘रिङ’ अप्सन छान्नुहोस् । यति गरेपछि फोनमा खास किसिमको सिग्नल जानेछ । साइलेन्ट मोडबाट हटेर फोन पूरा आवाजमा बज्नेछ ।

आईओएस यूजरका लागिः

आईओएस यूजरका लागि पनि प्रक्रिया यस्तै हो । यसका लागि आईक्लाउड प्रयोग गर्नु पर्नेहुन्छ ।

–अर्को आईओएस डिभाइस वा कम्प्युटरबाट आफ्नो आईक्लाउड एकाउन्टमा लग इन गर्नुस् ।

–आईक्लाउडडटकममा जानुस् अनि फाइन्ड माइ फोन फिचरको सहयोग लिनुस् ।

–फोनमा जोरसँग घण्टी बज्नेछ । अनि तपाईँले सजिलै फोन खोज्न सक्नु हुनेछ । एजेन्सी

 
 

विहीबार, ३१ जेठ २०८१, १६ : ३५

प्रतिक्रिया