स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्ने भएपछि आलु र प्याजको भ्याट हटायौँ : अर्थमन्त्री

बुधबार, १६ जेठ २०८१, १४ : २८

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउ आयातमा लगाइएको भ्याट शुल्क खारेजीको बचाउ गरेका छन् । खासगरी स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्ने र आयातित वस्तुको मूल्य भ्याटले थप मूल्य बृद्धि हुँदा उपभोक्तामा मार पर्ने देखिएकोले आर्थिक विधेयकमार्फत भ्याट हटाइएको उनले बताए ।

यसअघिका अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै आयातित आलु प्याजमा भ्याटको व्यवस्था गरेका थिए ।

बुधबार, १६ जेठ २०८१, १४ : २८

प्रतिक्रिया