मौसम पूर्वानुमान

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सोमबार, ०२ कार्तिक २०८३, ०७ : ४१

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। 

यसको असरका कारण देशका हिमाली तथा पहाडी भू(भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू(भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, देशको हिमाली भू(भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

सोमबार, ०२ कार्तिक २०८३, ०७ : ४१

प्रतिक्रिया