तनहुँमा ‘एक घर, दश कफीका बिरुवा अभियान

शनिबार, २६ जेठ २०८१, १४ : ३३

काठमाडौँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ले आगामी आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै ‘ एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ ।

एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो ।युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रुपमा विकास गर्न लागिएको छ । शुक्लागण्डकी नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम र कृषि बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यावसायिक अदुवा खेती अभियान सञ्चालन गरिएको थियो ।
 

शनिबार, २६ जेठ २०८१, १४ : ३३

प्रतिक्रिया