काठमाडाैँ - कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्यसूची सार्वजनिक गरेको छ ।
सार्वजनिक मूल्यसूचीअनुसार आज गोलभेंडा महँगो भएको छ । अघिल्लो दिन ४३ रुपियाँ प्रतिकिलो रहेको नेपाली ठूलो गोलभेंडा आज ५५ रुपियाँ पुगेको छ । त्यस्तै, लोकल गोलभेंडा प्रतिकिलो २२ रुपियाँ र सानो टनेल गोलभेंडा ३० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तनेबोडी र मकैबोडी दुवैको भाउ घटेको छ । हिजो तनेबोडी ११६ रुपियाँ र मकैबोडी ९६ रुपियाँ प्रतिकिलो बिक्री भएकामा आज भने तनेबोडी ६ रुपियाँ घटेर ११० र मकैबोडी ९ रुपियाँ घटेर ८५ कायम भएको छ ।
प्रतिक्रिया