देशभर ९० प्रतिशत धुलो माटोका सडक,कर्णााली प्रदेशमा २१ प्रतिशत मात्र कालाेपत्रे

संघीयता आएपछि घरघरमा सिंहदरबार भनिएको र विकासको मूल फुट्छ भनिएपनि विकासको गतिलिन छैन भन्ने तथ्य यो तथ्यांकले देखाउँछ ।

विहीबार, ३१ जेठ २०८१, ०८ : ४०

काठमाडाैं - नेपाल देशभर ९० प्रतिशत भन्दा बढी धुलाे सडक रहेकाे देखिएकाे छ । नेपाल राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको अनुसन्धान र रोजमूलकबाट यो तथ्य पत्ता लागेको हो । जसमा कर्णाली प्रदेश सबैभन्दा विकटको रुपमा चित्रित भएको तथ्यांकले देखाएको छ । कर्णालीमा सबैभन्दा कम कालेपत्रे सडक २१ प्रतिशत मात्र रहेको छ भने ग्राभेल  सडक २९ दशमलव ७ प्रतिशत छ ।

 ९४ दशमलव १ प्रतिशतले धुलो सडक रहेको छ ।  त्यस्तै  मधेश प्रदेशमा कालोपत्रे सडक धेरै रहेको छ । ६८ प्रतिशत कालोपत्रे, ९२.४  प्रतिशत ग्राभेल र  ९४ प्रतिशत धुलो सडक रहेको छ ।

कोशी  प्रदेशमा  ९१ प्रतिशत  धुलो सडक, ६३ प्रतिशत ग्राभेल र ५०.७ प्रतिशत कालोपत्रे रहेको छ । त्यस्तै वागमतिमा  ७०.६ प्रतिशत ग्राभेल, ८७.५ प्रतिशत धुलो सडक र ५९.७ प्रतिशत कालोपत्रे रहेको पाइएको छ । लुम्बिनीमा ७७ प्रतिशत ग्राभेल, ६९.४ प्रतिशत कालोपत्रे र  ९२.५ प्रतिशत धुलो सडक रहेको छ । गण्डकीमा ९२.७ धुलो, ५४.८ ग्राभेल, कालोपत्र ५०.८ प्रतिशत रहेको छ ।
 

विहीबार, ३१ जेठ २०८१, ०८ : ४०

प्रतिक्रिया