काठमाडाैं- काठमाडौं उपत्यकाका मुटुमा रहेको ग्वार्को फ्लाइओभर निर्माण गरेर सवारी जामलाई कम गर्ने सरकारको योजना अझै पूरा हुन सकेको छैन । पटक पटक म्याद थपिँदा समयमै निर्माण सम्पन्न हुने संम्भावना त छैननै, उल्टै यात्रुलाई घण्टौसम्म जाम खेप्नुपरेको जनगुनासो बढेको छ। गत बुधबार महानगर यातयातमा चढेको यात्रु काभ्रेका विदुर थापाले फ्लाइओभरनिर्माण कार्यकै कारण १ घण्टासम्म जाममा परेको बताए ।
उनले भने,‘अहिलेदेखि होइन बनाउन थालेको, कि समयमै बनाउनुपर्छ कि बैकल्पिक बाटो दिनुपर्छ यसरी घण्टौ जाममा राखेर यात्रुलाई सास्ती दिइनु अन्याय हो ।’यस्तै पिडा सवारी चालकहरुको पनि छ । अरु समयमा दैनिक ति चार राउन्ड चक्रपथ परिक्रममा गर्ने महानगर ग्वार्को जामकै कारण दिनमा दुई पटक भन्दा राउन्ड लगाउन नसकेको चालक भक्तमान घिसिङले बताए । उनले भने,‘ अझै निर्माण सकिन दशैंसम्म लाग्ने देखिन्छ, यसले त हाम्रो आम्दानीको स्रोत समेत घट्दा घाटामा चलाउन परेको छ।’
मूलुककै पहिलो अत्याधुनिक फ्लाइओभर भनेर चिनाईएको यस योजना अहिले यात्रु र सवारी चालकका लागि अभिशाप जस्तै बनेको छ । त्यतिमात्र होइन काठमाडौंको जस्तो दैनिक सवारी बेस्थ हुने सडकमा समेत निर्माण कार्य यति सुस्त हुँदाको दृश्यले अन्य स्थानको सडक निर्माण, पूल निर्माणको अबस्था कस्तो होला भन्ने तथ्यलाई समेत यसले उजागर गरेको छ ।उक्त सडक खण्डमा दैनिक आवात जावात गर्ने शिवकुमार भट्टले भने फ्लाइओभर बनाउन शुरु गर्नु अघि देखि नै जामको समस्याले सवसाधारणले दुख दिएको थियो, अहिले निर्माण कार्य समयम सम्पन्न नहुँदा झनै पिडा थपिएको सुनाए । उनले भन,‘ विगतमा नबनेर दुख पायौं अब अहिले समयमा नसकेर दुख पायौं ।’
सरकारले यसलाई सवारी आगमन र जामलाई घटाउन भन्दै गत २ ०७८ फागुन १२ मा निर्माण कार्यको सुरुवात गरेको थियो । निर्माण कार्य संचालन भएका करिब एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि निर्माण सम्पन्न्न गर्ने जिम्मा पाएको कम्पनीले डिजाइनमा गल्ति गर्दा निर्माण कार्य थप लम्बिएको जनाइएको छ ।
ग्वार्को फ्लाइओभर यहि असार मसान्त भित्र सञ्चालनमा ल्याउने भनिएता पनि अझै पनि निमार्ण कार्य बाकीँ भएकाले सञ्चालनमा समय लाग्ने देखिन्छ । निमार्ण कार्य २०८० फागुन मा सक्ने थियो तर शुरुको डिजाइन परिवर्तन गर्नु परेकाले तोकिएको समयमा निमार्ण काम नसकिएको निमार्ण कम्पनिले बताउको थियो । निमार्ण समय थप गरेर २०८१ असार मसान्तमा सक्ने योजना बताएता पनि सो अवधिमा पनि काम पुरा भई सकेको छैन । १७ करोड ६ लाख लागतमा बनि रहेको ग्वार्को फ्लाइओभर निमार्ण बाट चक्रपथ सातदोबाटो कोटेश्वर मँगलबजार इमाडोल लुभु सडक खण्डका सवारी सधानलाई सुविधा पुग्ने छ ।
असार मसान्तमा सञ्चालनमा ल्याउने भनिएको फ्लाइओभरको निमार्ण कार्य अहिले सम्म ७५ प्रतिशत मात्र पुरा भएकाले लझ्य लिएको समायावधिमा फ्लाइओभर सञ्चालनमा आउन नसकेको हो । अहिले फ्लाइओभरमा जाने एप्रोज र आयरलचानको काम भै रहेको छ । फ्लाइओभर बनाएनकाा लागि चार लेन सडक बन्द गरिएको छ । फ्लाइओभरको लम्बाई ५०५ मिटर , ३६ मिटर पुल गरि कुल ५४१ मिटर हुनेछ । उचाई ६ मिटर हुनेछ । यो वर्ष भित्र फ्लाइओभरमा सवारी साधान गुडाउने लझ्यका साथ अहिले २४ घण्टा काम भै रहेको छ । फ्लाइओभर निमार्णका लागि पुन थपिएको म्याद २०८१ पुस ८ सम्म रहेको छ । निमार्ण केन्द्रका अनुसार हाल ६५ जना कामदारले २१ धण्टा काम गरि रहेका छन् । यो वर्ष भित्र फ्लाइओभर निमार्ण काम सक्ने केन्द्रको लझ्य छ ।
प्रतिक्रिया