कालिमाटीमा हरियाे तरकारी, के बढ्याे के घट्याे ?

सोमबार, १० असार २०८१, ०९ : ५५

काठमाडाैं- कालिमाटी तरकारी बजारमा  केही हरियाे तरकारीकाे मूल्य बढेकाे छ । मनसुन सुरु भएसँगै आपूर्तिमा कमी र बोटविरुवा बर्षाका कारण नष्ट हुन थालेपछि हरियो तरकारीको मूल्य बढ्दै गएको हो ।


यसको प्रत्यक्ष प्रभाव देशकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा परेको पाइएको छ । सोमबार अधिकाँश तरकारीको मूल्य बढेको पाइएको हो ।

आइतबारको तुलनामा सोमबार काउलीमा ५ रुपैयाँ बढेर ६५ मा बिक्री भएको छ । यस्तै बन्दामा ९।६० पैसा बढेर ३१ मा बिक्री भएको छ ।

त्यसैगरी प्याजमा १०।३३ रुपैयाँ बढेर प्रतिकिलो ९८ रुपैयाँमा कालिमाटी बजारमा बिक्री भएको छ । स्थानीय ज्यापु काउलीमा २१।६७ रुपैयाँ बढेर सोमबार ६५ रुपैयाँमा बिक्री भएको छ । तने बोडीमा १० रुपैयाँ बढेर ५५ रुपैयाँमा बिक्री भएको छ ।
यस्तै आइतबारको तुलनामा घिउसिमीमा ५ रुपैयाा बढेर ५० रुपैयाँमा बिक्री भएको छ ।

तिते करेलामा १० रुपैयाँ बढेर ५५ रुपैयाँमा बिक्री भएको छ । लौकामा ११ रुपैयाँ बढेर ५६, हरियो फर्सी डल्लोमा ५ रुपैयाँ बढेर ३०, भिण्डीमा १ रुपैयाँ बढेर ६६, रायो सागमा १ रुपैयाँ ६७ पैसा बढेर ३६।६७, कन्ये च्याउमा ४३।३३ रुपैयाँ बढेर २००, डल्ले च्याउमा १० रुपैयाँ बढेर २९० र रातो आलुमा ४ रुपैयाँ बढेर ५६ रुपैयाँमा सोमबार बिक्री भएको छ ।

उता केही तरकारीको मूल्य भने आइतबारको तुलनामा सोमबार घटेको पाइएको छ । जसअनुसार घिउ सिमी राजमामा ३८.३३ रुपैयाँ घटेर ९६।६७ रुपैयाँमा बिक्री भएको छ । घिरौलामा १० रुपैयाँ घटेर ३५, पाकेको फर्सीमा ४।६७ रुपैयाँ घटेर ३३, स्कुसमा १० रुपैयाँ घटेर ५५, तोरीको सागमा ८ रुपैयाँ ३३ पैसा घटेर ३६।६७ र ब्रोकाउलीमा ३४ रुपैयाँ घटेर ७६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

राजा च्याउको मूल्य यथावत छ भने स्वदेशी ठूलो गोलभेडा ६५, स्वदेशी सानो गोलभेडा १२।५०, टनेल स्वदेशी गोलभेडा १५.६० र लाम्चो भान्टा ३५ रुपैयाँ प्रतिकिलो सोमबार बिक्री भएको छ ।

kalimati tarkari bazar

 

सोमबार, १० असार २०८१, ०९ : ५५

प्रतिक्रिया