सुनचाँदीको मुल्यमा वृद्धि

बुधबार, १९ असार २०८१, १० : ५२

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेको हो ।

आज प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार, १९ असार २०८१, १० : ५२

प्रतिक्रिया