काठमाडाैं- देशैभर वर्षा भएसँगै किसानहरु धान रोपाईँमा वेस्त भएका छन् । कृषि विभागका अनुसार हाल समग्रममा ४० प्रतिशत धान रोपाईँ सम्पन्न भएको छ ।
तर, धान रोपाइँ भइरहँदा मलको चरम अभाव भोग्न किसानहरु बाध्य भएका छन् । सुदुरपश्चीम प्रदेशमा सबै भन्दा बढि मात्रामा रोपाई सम्पन्न भएको हो । उक्त प्रदेशमा ५४.२५ प्रतिशत रोपाइ सम्पन्न भइसकेको छ । त्यस्तै,मधेशमा ८, कर्णालीमा ४०, काेशी ३०, वागतमति १२, लुम्बिनीमा १० प्रतिशत राेपाइँ सम्पन्न भएकाे छ ।
सरकारले हरेक वर्ष रासायनिक मलमा अनुदानका लागि कृषि क्षेत्रको करिब ७५ प्रतिशत बजेट रासायनिक मल खरिदमा गर्दै आइरहेको छ । तर,बर्खाको समयमा किसानलाई रोपाईँ गर्ने समयमा भने मलको हरेक वर्ष अभाव झेल्न बाध्य छन् । हाल कृषि मन्त्रालयको तथ्यांक अनुसार कृषि मन्त्रालयको अनुसार हालसम्म ८६ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ ।
प्रतिक्रिया